नेपाली मनोरञ्जन च्यानल विश्वभर

काठमाडौं : विश्वको जुनसुकै कुनामा रहेका नेपालीले पनि अब सजिलैसँग स्वदेशी च्यानलहरू हेर्न पाउने भएका छन् । बेलायतमा रहेको गोर्खा टेलिभिजनले यो अवसर दिलाउन लागेको हो । सो टेलिभिजनले नेपालबाट प्रसार हुने विभिन्न टेलिभिजनलाई आफ्नो ट्रास्मिसनमार्फत्् विश्वका कुना–कुनामा पुर्‍याउन लागेको जनाएको छ ।
नेपालबाट प्रसारण हुने टेलिभिजन मात्र होइन, बेलायतमा प्रसारण हुने नेपाली विज्ञापन पनि यहाँबाटै प्रसारण गर्ने तारतम्य गोर्खा टिभीले मिलाएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालका कलासंस्कृति पहिचान गराउने र स्वदेशका मनोरञ्जनात्मक सामग्रीलाई विश्वभर फैलाउने उद्देश्य अनुरूप नेपालका च्यानल विश्वभर पुर्‍याउने तारतम्यमा आफू लागेको गोर्खा टेलिभिजनका सञ्चालकमध्ये एक अमन गौचनले बताए । उनले भने हाम्रो यो अभियानमा नेपालका मिडिया तथा नेपालीहरूले साथ दिनेछन् ।
नेपाली चलचित्र बेलायत प्रदर्शनमा समेत सहयोग पुर्‍याउँदै आएका गौचनले बिहीबार नोटबुकको युनिटसँग बेलायत प्रदर्शन सम्झौतासमेत गरे । (सौस)

प्रतिक्रिया