बेहोस रामगुलामको मृत्यु

राजविराज, १८ चैत । सप्तरीको कुशाहा गाविस वडा नम्वर ८ का ३० वर्षीय रामगुलाम सरदार अचानक बेहोस हुँदा मृत्यु भएको छ । उनी शंकास्पद अवस्थामा बेहोस फेला परेकाले हत्या भएको हुन सक्ने आफन्तको आशंका छ ।
श्निबार साँझ घर नजिकै रहेको पोखरीमा वेहोस फेला परेका सरदारको उपचारार्थ अस्पताल पुराउने क्रममा मृत्यू भएको हो । राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनका काका रेशम सरदारले जानकारी दिए ।
परिवारले दिएको जानकारी अनुसार वीरगञ्जमा कार्यरत मृतक सरदार होली मनाउन घर आएका थिए । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।

प्रतिक्रिया