चुनावका विषयमा परामर्श गर्छौ : समिति

4 dal ka netaकाठमाडौं, १६ चैत । उच्च स्तरीय राजनीतिक समितिले असार पहिलो साता हुने भनिएको चुनावका बारेमा अन्तिपरिम मन्त्रिपरिषद र निर्वाचन आयोगसँग परामर्श गर्ने निर्णय गरेको छ ।
नयाँ बानेश्वरमा आज बसेको समिति बैठकले चुनावको तयारीका विषयमा मन्त्रिपरिषद अध्यक्ष र आयोगका पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो । सरकारले असारको पहिलो साता निर्वाचन गर्ने जनाउँदै आएको छ । आयोगले पनि सोही आधारमा आफ्नो काम तिव्रताका साथ गरिरहेको जनाएको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले संविधानसभा निर्वाचन मिति छिटो तोक्न सरकारलाई आग्रह गरिएको जानकारी दिए । ‘निर्वाचनको मिति छिटो तोक्न सुझाव दिएका छौं,’ उनले भने, ‘चुनावको तयारीका बारेमा पनि सरकार र आयोगसँग छलफल गर्ने निर्णय भएको छ ।’
समितिले चुनावका विषयमा नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम नेपाललगायतका दलसँग छलफल गर्ने निर्णय पनि गरेको छ । उनीहरुले यथास्थितिमा निर्वाचन हुन नसक्ने जनाउँदै आएका छन् ।

प्रतिक्रिया