किशोरीमाथि सामूहिक बलात्कार

काभ्रे, १५ चैत । साँझ परेपछि पानी पिउने बहानामा घरमा आएका अपरिचित युवाको समूहले मेथिन्कोट–८ काफ्लेथोककी १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेका छन् ।

पीडितका अनुसार मंगलबार साँझ खाना खाँदै गर्दा एक जना तामाङ समुदायका युवा घरभित्र पसे । त्यतिबेला करिब साढे ७ बजेको थियो । पानी भन्दै घरभित्र पसेका साँझका पाहुनालाई छोरीले खाना खाँदै गरेको अवस्थामा हात जुठै राखेर पानी पिउन दिइन् । उनको अर्का हातमा भएको मोबाइल भुइँमै थियो । बाबु खाना खाँदै थिए । पानी खाँदै गरेका युवकले थोरै पानी पिउँदै थियो । अन्य ८–९ युवाको समूह घरभित्र पस्यो र छोरीको हात समायो । बाबुलाई हात र खुट्टा बाँधेर लडाए । गर्धनमा खुकुरी तेस्र्याए । मझेरीमा भएको यो घटना छोरीले टुलुटुलु हेर्न बाध्य भइन् ।
उनीहरूले केहीछिनमै छोरीलाई माथिल्लो तलामा लगेर पालैपालो शारीरिक सम्पर्क गरिरहे । किशोरी चिच्याइरहिन् । चार जनाले करिब एक घन्टासम्म किशोरीलाई बलात्कार गरे । छोरीलाई त्यस्तै अवस्थामा छाडिदिएर बाबुको हातखुट्टा खोलिदिएर कसैलाई नभन्ने सर्तमा उनीहरूले छाडिदिएका थिए । शारीरिक सम्पर्क नगर्नेले बाबुको साथमा भएको ९ हजार नगद र दराजमा भएका केही सुनका गहना लुटेको बताइएको छ । उनीहरूले अन्य थप सम्पत्ति र नगद कता लुकाएको छ भन् भन्दै धम्की पनि दिएका थिए । खुकुरी बोकेरै फर्किएका युवालाई कहिल्यै नदेखेको पीडितकी बाबुले बताए ।
राति १२ बजेसम्म बाबुछोरी नै डरले एकअर्कासँग बोल्न सकेनन् । १२ बजेपछि उनीहरू त्यो क्षेत्रमा छैनन् भन्ने सोचेर पारि रहेको बाबुको घरमा पुगे । गाउँलेलाई खबर गरेर र बुधबार बिहान ४ बजे मात्रै प्रहरीकोमा खबर गरे । भकुन्डे प्रहरी चौकीले मुचुल्का गरेर बिहानै बाबुछोरीलाई नै जिल्ला प्रहरी कार्यालय पठाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलकी एसपी गीता उप्रेतीको बिहीबारबाट स्वैच्छिक अवकाश भएकाले सबै प्रहरी अधिकृत बिदाइको तयारीमा थिए । प्रहरीले पीडितको बयान र उपचारसमेत बुधबार साँझसम्म गरेको छैन । घटनाबारे प्रहरीले समयमै अनुसन्धान नगरी पीडितलाई थप पीडा दिएको भन्दै स्थानीय आक्रोशित छन् ।

प्रतिक्रिया