सर्‍यो म्युजिक खबर अवार्ड

Pradipकाठमाडौं : म्युजिक खबर म्युजिक अवार्ड–२०१३ मा सर्वोत्कृष्ट पाँचको मनोनयनमा परेका विभिन्न २८ विधाका स्रष्टालाई मनोनय प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी म्युजिक खबर डटकमले मनोनयनमा परेकाहरूलाई प्रमाणपत्र वितरण गरेको हो । अवार्डका सल्लाहकारहरू चलचित्र निर्माता प्रदीपकुमार उदय, निर्देशक मोहन निरौला, अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष राधेश्याम लेकाली, संगीतकार निर्देशक नारायण रायमाझी, गायक दुर्गा रायमाझी, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, माउन्टेन टेलिभिजनका निर्जल श्रेष्ठ, अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रियलगायतले मनोनयमा परेकालाई प्रमाणपत्र दिए ।
अवार्डका कार्यक्रमका संयोजक राजु लामिछानेले उपस्थित सबैलाई स्वागत गरे लगत्तै सुरु भएको कार्यक्रममा अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रियले गीत/संगीत क्षेत्रका विभिन्न स्रष्टाहरूलाई कुनै न कुनै क्षेत्रबाट प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले अवार्ड आयोजना गरेको बताए ।
कार्यक्रममा सर्वोत्कृष्ट पाँचमा परेका स्रष्टाहरू माण्डवी त्रिपाठी, चन्दा घिसिङ, टीका पुन, झलक संगीतम्, शिव परियार, राजु सिंह, दुर्गा खरेल, दुर्गा परियार, सुरेश अधिकारी, अर्जुन पोखरेल, नरेश भट्टराई, प्रदीप निरौला, सविना कार्की, सुरज श्रेष्ठ, विपी वाग्ले, अञ्जना गुरुङलगायतका कलाकारहरूको उपस्थिति रहेको थियो ।
अवार्डका अध्यक्ष सुमन बैरागीले आगामी २५ चैतमा गर्ने भनिएको कार्यक्रम मुलुकमा चलेको राजनीति अस्थिरताले आगामी वैशाख १५ मा सारिएको बताए । (सौस)

प्रतिक्रिया