घाँटी थिचेर श्रीमतिको हत्या

दैलेख,१४ चैत्र । दैलेखको पूर्वमा रहेको लालिकाडा गाविस ५ सांधालेका २५ बर्षीय बीरबहादुर थापाले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।
थापाले १८ बर्षीया श्रीमती नन्दा थापालाई गए राति घरमा सुतिरहेको अबस्थामा घाँटी थिचेर हत्या गरेका हुन् । श्रीमतिको हत्या पछि थापा फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
हत्या गरिएकी नन्दा थापाको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको प्रहरीले जनाएको छ । मृतक थापाको पाँच महिनाको छोरालाई आफन्तको जिम्मा लगाएको छ । हत्याको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया