आपराधिक कार्यमा संलग्न साह पक्राउ

hatkadiराजविराज, १४ चैत । आपराधिक कार्यमा संलग्न सप्तरीको जमुनी मधेसपुरा–३ निवासी वावा भनिने सत्यनारायण साहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार राति साहलाई उनकै घरबाट पक्राउ गरेको हो । उनको साथवाट एकथान कटवा पेस्तोल र १ थान गोली समेत वरामद भएको छ ।
सिरहाको लहानस्थित पशुपति आदर्श उच्च माविमा चैत–९ राति भएको गोलीकाण्डमा साहको संलग्नता पाईए पछि पक्राउ गरिएको एसपी सञ्जयसिंह वस्नेतले जानकारी दिए । साहले सोही विद्यालयका सुरक्षा गार्ड शोभा यादवलाई पनि गोली प्रहार गरेका थिए ।
सिरहावाट पक्राउ परेका राजकुमार साहको वयानका आधारमा उनलाई घरैवाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया