सेलीब्रेटीका होली घरदेखि मामाघर सम्म

Jharnaझरना थापा :– विभिन्न कारणले गर्दा मैले गतवर्षको होली मनाउन पाइनँ । त्यसैले पनि यसपालीको होली मेरालागि विशेष हुने नै भयो । बिहान घरपरिवारसँग रमाइलो गरेर सुरु गरेको होली दिनभरी नै जस्तो भयो । घरबाट सुरु गरेको होली मनाउने क्रममा साथीहरूका घरसम्म पुगियो । करिश्मा दिदीको घरमा पुगेरसमेत होली खेलियो । यसपालीको होली विगतका वर्षमा मैले अनुभव गरेको भन्दा निकै रमाइलो पनि भयो । सधैँ सुटिङलगायत विभिन्न कामको व्यस्तताले साथी भेट्नसमेत नपाएका हामीले सँगै मज्जाले रंग खेल्ल पायाँै । आफ्नै क्षेत्रका सबै साथीभाइ सम्मिलित भएर खेलेको होली भएर होला यसपाली निकै रमाइलो र नौलो अनुभव पनि भयो । परम्परादेखि चल्दै आएको यो चाडको महत्त्व बल्ल सबैले बुझ्न थालेका हुन् जस्तो लाग्यो मलाई । यसपालीको रमाइलोले अर्काेसालको होलीको प्रतिक्षा गर्न थालिसकेको छु म ।
सुनिता दुलाल :– यस वर्षको होली साच्चिकै रमाइलोसँग मनाए । घरबाट बिहानै होली खेल्न निस्कने क्रममा आफ्नै टोलका छिमेकीले विभिन्न रङहरू दलेर होलीको सुरुआत गरिदिए । त्यहीँ केही बेर होली खेलियो । त्यसपछि कान्तिपुर ग्रुपले आयोजना गरेको कार्यक्रममा निमन्त्रणा भएकोले त्यहाँ गएर आफू जस्तै सेलिब्रेटीसँग केही समय रमाइलो गरँे । मलाई पहिलोचोटि होलीको रंग लगाइदिने आफ्नै छिमेकी थिए भने मैलेचाहिँ दिदीलाई लगाइदिए । होलीकै क्रममा गोदावरीमा रहेको करिश्मा दिदीको घरसम्म पुगेँ । त्यहाँ मनग्य कलाकारहरूको उपस्थिति रहेकोले एकदमै रमाइलो भयो । रमाइलो नै भए पनि पाँच कार्यक्रममा सहभागी भएँ । बिहान उज्यालो भएबाट सुरु भएको होली खेल्नेक्रम साँझ ४ बजेसम्म चल्यो । कती साथीहरूले होली रमाइलो गराँै भनेर बेलुकाको कार्यक्रममा पनि बोलाएका थिए तर हार्ड ड्रिङ्स सेवन नगर्ने भएकाले बेलुकिका कुनै पनि कार्यक्रममा सहभागिता जनाइनँ ।
दयाहाङ राई :– नयावर्षको आगमनको पूर्व सन्ध्यामा ०६९ सालको होली मेरालागि साच्चिकै अविस्मरणीय रह्यो । मण्डला थिएटरमा मलगायत साथीहरू मिलेर होली विशेष कार्यक्रम नै राखेका थियौँ नेपालका प्राय: चर्चित रंगकर्मिहरू हाम्रो होलीविशेष कार्यक्रममा सहभागी थिए । नाम लिनुपर्दा सुनील
पोखरेल, अभि सुवेदी, ऋचा शर्मा, भोलाराज सापकोटालगायत अन्य धेरैका उपस्थिति थियो । बिहान ११ बजेदेखि सुरु भएको हाम्रो होलीको कार्यक्रम दिनको ३ बजेसम्म चलेको थियो ।
निता ढुंगाना :– यस वर्षको होली मैले मनाइनँ भन्न त मिल्दैन, तर मैले रङ लगाइनँ । किनकि, मेरो बाबा केही महिना अगाडि बित्नु भएकोले मैले यसो गरेको हो । भन्नुपर्दा यस वर्षको होली एकदमै रमाइलो लाग्यो । किनभने, यसपटकको होलीमा रङ नखेलेकोले एलर्जीको डर पनि भएन । यसपालीको होलीमा मैले चार वटाभन्दा बढी विशेष कार्यक्रममा सहभागिता जनाए । कसैले रङ नलगाइदिएको भएर होला सायद मलाई पनि रंग दलेनन् कसैले । सडकमा लोला हान्ने मानिसहरूले समेत हानेनन् । यस वर्षको होली मेरो मूल्यांकनमा सकारात्मक रह्यो । सुरक्षा कर्मीको सुरक्षा व्यवस्था राम्रो भएकाले पनि यसपालि अप्रिय घटना घटेनन् । म चलचित्र नोटबुकको प्रचारका युनिटसँगै कार्यक्रममा पुगेको थिएँ ।
ऋिचासिहं ठकुरी :– यसपालिको होली साच्चिकै अगाडिका वर्षका भन्दा रमाइलो भयो । म होली सधँै होली साथीभाइसँग मनाउँथे । यसपालि परिवारसँग मनाएको साच्चिकै रमाइलो भयो । म यसपालि कुनै होली विशेष कार्यक्रममा गइनँ । बरु परिवारका सदस्य खोजी खोजी मनाएँ । यहाँ सम्मकी मामाघरमा सम्म गएर होली मनाएँ यसपाली । सँगै होली मनाउन पाउँदा परिवारका सदस्य पनि एकदमै खुसी भए । सबैभन्दा पहिला मलाई रंग दाइको छोरीले लगाइदिई । मैलेचाहिँ भाइलाई दलँे । म ड्रिङ्स नगर्ने भएकाले केही साथीहरूका बेलुकीका होली विशेष कार्यक्रममा सहभागी भइनँ ।
सुमन सिंह :– अहिले सम्मकै विशेष होली भएको छ यस वर्ष । आफन्त सँग मनाएको भएर पनि होला यसपालिको होलीे एकदमै रमाइलो भयो । यसवर्षको पहिलो होलीको रङ ममीले लगाइदिनुभयो । मैले पनि ममीलाई लगाइदिए । होली कार्यक्रममा करिश्मा दिदीको घरसम्म पुगेँ । धेरे चलचित्रकर्मी साथीहरू त्यहाँ भेला भएकोले होलीको रमाइलो गर्दा गर्दै तीन घन्टा बितेको पत्तै भएन । त्यहाँ त साच्चीकै रमाइलो भयो । मैले अहिलेसम्म सोचेको थिइनीक होलीको दिन यसरी रमाइलोसँग बित्छ भनेर ।

प्रतिक्रिया