सेरेनाको सानदार कमब्याक

serenaमायामी : सानदार कमब्याक गर्दै सेरेना विलियम्स सोनी ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । स्लोभाकीयाकी डोमिनीका सिल्कोभासँगको चौथो चरणको खेलमा सेरेनाले २–६, ६–४, ६–२ को जित हात पारिन् । सेरेना दोस्रो सेटमा पनि १–४ ले पछि परे पछि पराजयको नजिक पुगिसकेकी थिइन् । कि बिस्केनमा छैटौँ तथा सन् २००८ पछि पहिलो उपाधिको खोजीमा रहेकी दोस्रो गेमा लगातार पाँच गेम जितिन् ।

शीर्ष वरीयताकी विलियम्सले क्वार्टरफाइनलमा पाँचौँ वरीयताकी चिनियाँ खेलाडी लिनासँग खेल्नेछिन् ।
क्वार्टरफाइनलको क्रममा विलियम्सले वाइल्डकार्ड पाएर प्रतियोगितामा आएकी गारबाइन मुगुरुजालाई ७–६, ६–२ ले पराजित गरिन् । सानदार सुरुवात गरे पनि लगातार नौ गमे गुमाए पछि अमेरिकाकी स्लोन स्टेफन्स शीर्ष वरीयताकी आग्नेस्का रुडवान्सकासँग ४–६, ६–२, ६–० ले पराजित भइन् । स्टेफन्सको पराजयले विलियम्ससँगको अस्ट्रेलियन ओपनको रिम्याचको सम्भावनाको अन्त्य भएको छ ।
मारिया सारापोभा पनि चेक गणतन्त्रकी जाराजकोपोलोभालाई ६–२, ६–२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरिन् । पुरुषतर्फको तेस्रो चरणको खेलमा एन्डी मुर्रेले डिमिट्री जर्जीकोभलाई ७–६, ६–३ ले पराजित गरे । (एजेन्सी)

प्रतिक्रिया