ह्वाइटहाउस एल ए फुटबल सेमिफाइनलमा

क्लाइम्बिङ आधारभूत तालिम सुरु
काठमाडौं : पर्वतारोहण तथा रक क्लाइम्बिङ स्पोर्ट संघ नेपालको आयोजनामा स्पोर्ट क्लाइम्बिङको आधारभूत तालिम सोमबारदेखि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको छ । चारदिने तालिममा ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । सबै खेलाडी आगामी शुक्रबारदेखि हुने छैटौँ राष्ट्रिय खुला स्पोर्ट क्लाइम्बिङ प्रतियोगितामा सहभागी हुने खेलाडी हुन् । तालिमको युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव वैकुण्ठप्रसाद काफ्लेले उद्घाटन गरे । (सौस)
चन्द्र र सन्तोष क्वार्टरफाइनलमा
काठमाडौं : चन्द्र शाही र सन्तोष खत्री सातौँ एलए कपअन्तर्गत खुला टेनिसको पुरुष एकलतर्फ सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । हात्तीवनस्थित लिटिल एन्जल्सको कोर्टमा भएको खेलमा चन्द्रले आशीष सिग्देललाई ६–३ र ६–१ तथा सन्तोषले अनुज अरोरालाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे ।
पुरुष एकलकै अन्य खेलमा श्रीयान्स कार्कीले प्रनण कार्कीलाई ७–५ र ६–३, कमल भण्डारीले आत्माराम कार्कीलाई ६–३ र ६–४, छेवाङ लामाले राजकुमार लामालाई ६–१ र ६–३, ऋषिराम सिग्देलले हरि हायुलाई ६–३ र ६–४, दावा शेर्पाले करिमुवाला मुस्लिमलाई ६–० र ६–० तथा जितेन्द्र परियारले राजेश श्रेष्ठलाई ६–० र ६–१ को सिधा सेटमा पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट, स्टुडेन्ट काउन्सिलद्वारा आयोजित प्रतियोगिताको पुरुष जोडीमा मनोज राणा र श्रीराम मगर, कमल भण्डारी र दावा शेर्पा, कृष्णराज घले र सुवर्ण धाक्वा तथा श्रीयान्स कार्की हरि हायुको जोडी आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरे । (सौस)
ह्वाइटहाउस एल ए फुटबल सेमिफाइनलमा
काठमाडौं : हवाइटहाउस सातौँ एलए कपअन्तर्गत अन्तरकलेज पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । हात्तीवनस्थित लिटिल एन्जल्सको मैदानमा भएको प्रतिस्पर्धामा ह्वाइटहाउसले एपेक्सलाई २–० ले पराजित गर्‍यो । विजेताका टंक लिम्बू र सन्देश लिम्बूले गोल गरे । त्यस्तै मेगा र डिफेन्डिङ च्याम्पियन सिसिआरसीले क्वार्टरफाइनल यात्रा तय गरे । मेगाले गोल्डेनगेटको यात्रा ६–२ ले पूर्णविराम लगायो । मेगाका रविन मगर र चन्द्र शर्माले २–२ गोल गरे । थप १–१ गोल सुमन महर्जन र मनीष डंगोलको नाममा रह्यो । गोल्डेनगेटका विक्रम र नवीनले १–१ गोल फर्काए । सिसिआरसीले आइसिएचएमलाई १–० को झिनो गोलअन्तरले हरायो । सन्देश सुवेदीले निर्णायक गोल गरे । (सौस)

प्रतिक्रिया