आशीष र आत्माराम प्रिक्वाटरमा

क्लब लिग भलिबल अन्तिम साता

काठमाडौं : नेपाल भलिबल संघको आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबल यसै महिनाको अन्तिम साता हुने भएको छ । प्रतियोगिता चैत २६ देखि ३१ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले जानकारी गराए ।
भदौमा भएको प्रथम एनभिए कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषमा शीर्ष ६ तथा महिलामा शीर्ष ४ स्थान हात पार्ने टिमले यो लिगमा सहभागिता जनाउने भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।
पुरुषतर्फ नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लब, विश्वविद्यालय, जिफोर स्पोर्टस् क्लब तथा पश्चिमाञ्चल भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् । महिलामा एपिएफ क्लब, नेपाल प्रहरी, न्यु डायमन्ड तथा पश्चिमाञ्चल भलिबल
प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गर्ने बताइएको छ । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले १ लाख ५० हजार, ७५ हजार र ४० हजार रुपियाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई २५ हजार नगद दिइनेछ । त्यस्तै विभिन्न ५ विधाका उत्कृष्टले समान ५–५ हजार नगद जित्नेछन् । लिग भलिबल संघको यस वर्षको अन्तिम कार्यक्रम हो । लिगअघि तेह्रथुममा २७औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुनेछ ।
क्यास्पियन क्वार्टरफाइनलमा

काठमाडौं : क्यास्पियन सातौँ एलए कपअन्तर्गत अन्तरकलेज फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार हात्तीवनस्थित लिटिल एन्जल्सको मैदानमा भएको खेलमा क्यास्पियनले एनएसएसडब्लुलाई ३–० ले पराजित गर्‍यो । क्यास्पियनका लागि मनोज बुढाथोकी, विमल केसी र सविन कार्कीले गोल गरे । अन्य खेलमा डिफेन्डिङ च्याम्पियन सिसिआरसी र एपेक्स विजयी भए ।
सिसिआरसीले केसिएममाथि ५–० को सहज जित निकाल्यो । रोशन आचार्यले २ तथा क्षितिज सुवेदी, विष्णु श्रेष्ठ र सविन खड्काले १–१ गोल गरे । एपेक्सले न्युटन ‘ए’ माथि १–० को कठिन जित रच्यो । संगीत तिवारीले निर्णायक गोल गरे ।
आशीष र आत्माराम प्रिक्वाटरमा

काठमाडौं : आशीष सिग्देल र आत्माराम कार्की सातौँ एलए कपअन्तर्गत खुला टेनिसको पुरुष एकलतर्फ आइतबार प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । हात्तीवनस्थित लिटिल एन्जल्सको कोर्टमा भएको प्रतिस्पर्धामा आशीषले राजु श्रेष्ठलाई ६–२ र ६–१ तथा आत्मारामले अरुण मल्ललाई ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाए ।
लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट, स्टुडेन्ट काउन्सिलद्वारा आयोजित
प्रतियोगिताको पुरुष एकलमै प्रणय कार्कीले रोहित सुनवारलाई २–६, ६–४ र ६–२, राजकुमार लामाले सागर राजवाहकलाई ६–० र ६–२, ऋषिराम सिग्देलले महेश श्रेष्ठलाई ६–२ र ६–३, राजु श्रेष्ठले रञ्जन श्रेष्ठलाई ६–१ र ६–२ तथा ले पाखा लगाउँदै प्रिक्वार्टरफाइनलमा पुगे । करिमुवाला मुस्लिम पनि दुर्गा कुँवरबाट वाक ओभर पाउँदै प्रिक्वार्टरफाइनलमा पुग्न सफल भए ।

प्रतिक्रिया