जम्दै छन् दिनेश

Dinesh-Shahiकाठमाडौ : ००५ मा मिस्टर राजधानी बने पनि खासै चर्चा पाउन नसकेका दिनेश शाही नेपाली चलचित्र क्षेत्रमा बिस्तारै छाउँदै छन् । ००३ मा मिस्टर नेपालको वेस्ट फिजिक्सको उपाधिसँगै मोडलिङमा होमिएका दिनेश चलचित्र ‘काले’मार्फत नायकका रूपमा देखिँदै छन् । यसअगाडि कालापानी, बजारलगायत आधादर्जन चलचित्रमा सहायक भूमिका निर्वाह गरेका दिनेशले ‘काले’मा भने नायकको भूमिका पाएका छन् । चलचित्र ‘काले’मा डिएसपीको भूमिका निर्वाह गरेकी छु दिनेशले भने ।
कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने घरबेटी बा, हाम्रो कलेज, किलो ट्यांक माइकलगायत केही टेलिचलचित्रमा समेत अभिनय गरेका शाहीले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि मोडलिङ गरेका छन् । त्यसो त तीन दर्जनभन्दा माथिका फेसन सो का अनुभव रहेका शाही यस क्षेत्रमा व्यावसायिक कलाकारका रूपमा चिनिन चाहान्छन् । (सौस)

प्रतिक्रिया