इरानलाई चेतावनी

त्यसैगरी, राष्ट्रपति ओबामाले इजरायललाई चेतावनी दिने काम बन्द गर्न इरानलाई सचेत गराएका छन् । इजरायली नगरमा आमसंहार गर्ने चेतावनी दिनुसट्टा आफ्ना जनताको जीवन सुधार्ने दिशामा सोच्न उनले इरानी नेतालाई सुझाव दिए । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले पारमाणविक कार्यक्रम बन्द गरे इरानी नागरिकको भविष्य सुध्रिने दाबीसमेत गरे ।
यसअघि नेता खामेनीले इजरायलले इरानमाथि आक्रमण गरे उसका तेल अभिभ तथा हाइफा नगरमा आमसंहार गर्ने चेतावनी दिएका थिए । राष्ट्रपति ओबामाले इरानले पारमाणविक कार्यक्रम परित्याग गरे पश्चिमी मुलुकले हाल लगाएको प्रतिबन्ध हट्नसक्ने बताए । यसबाट इरानको व्यापार वृद्धि हुने र अन्य मुलुकसँग उसको सम्बन्ध विस्तार हुने धारणा उनले व्यक्त गरे ।
इरानसँग इजरायलसम्म पुग्ने ब्यालेस्टिक क्षेप्यास्त्र छ । मध्यपूर्वमा इरानले लेबनानको हेजबोल्लाह तथा प्यालेस्टाइनी लडाकुजस्ता इजरायलविरोधी समूहसँग सम्बन्ध सुधार गरेको छ । मध्यपूर्वमा इजरायलसँग मात्र पारमाणविक हतियार छ । अमेरिका, इजरायललगायत मुलुकले इरानको पारमाणविक कार्यक्रम आमविनाशकारी परमाणु हतियार उत्पादनतर्फ लक्षित रहेको आरोप लगाउँदै आएका छन् । तर, इरानले भने शान्तिपूर्ण प्रयोजनका लागि पारामाणविक कार्यक्रम जारी राखेको जनाउँदै विदेशी दबाबसामु लत्रिएर कार्यक्रम बन्द नगरिने जनाउँदै आएको छ ।

प्रतिक्रिया