नियुक्ति विवादले विद्यालय बन्द

गौशाला : महोत्तरीको पश्चिमी भेगस्थित एक माध्यमिक विद्यालयमा १० महिनादेखि पठनपाठन अवरुद्ध छ । फुल्काहा गाविसस्थित मावि झुल्काहामा असारमा तालाबन्दी गरिएपछि पठनपाठन सुचारु हुन सकेको छैन ।
प्रधानाध्यापक दिनेश दासले आर्थिक चलखेलमा लेखापाल, कार्यालय सहयोगी र पिसिएफ कोटामा परिवारकै सदस्यलाई नियुक्ति गरेको विरोधमा अभिभावकले तालाबन्दी गरेका थिए । तालाबन्दीका स्थानीय बालबालिका छिमेकी गाउँमा गएर पढ्ने गरेका छन् । अधिकांश गरिब विद्यार्थीले भने पढाइ छाडिसकेको स्थानीयवासी बताउँछन् । विद्यालयमा काम नगरे पनि शिक्षक र कर्मचारीले भने तलब–भत्ता बुझिरहेका छन् ।

प्रतिक्रिया