स्थानीय निकायमा नागरिक अनुगमन

काठमाडौं, ११ चैत्र । स्थानीय निकायमा ढिलासुस्ती र चुहावट बढेको आरोप लागेका बेला गाविस सचिवहरू नागरिक निगरानीलाई अघि बढाउन सकारात्मक भएका छन् । देशभर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत स्थानीय शासन तथा उत्तरदायी संयन्त्र (एलजिएएफ) ले नागरिक समाजका संस्थामार्फत नागरिक निगरानीको कार्यक्रम आरम्भ गरेपछि काठमाडौंका पश्चिमी भेगका गाविस सचिवहरू सकारात्मक भएका हुन् ।

एफजिएएफमार्फत कोसिस सामुदायिक सेवा केन्द्रले सीतापाइला, रामकोट, स्युचाटार, पुरानो नैकाप र मातातीर्थ गाविसका सचिवहरूलाई कार्यक्रमबारे जानकारी गराएको थियो । ३ महिनासम्म गाविसका विभिन्न पक्षहरूको अध्ययन अनुसन्धान गरी गाविसवासिसँग धेरैभन्दा धेरै छलफल गरी वास्तविकता पत्ता लगाई सार्वजनिक बहस सञ्चालन गरिने कार्यक्रम संयोजक अम्बिका कौडालले बताए ।

प्रतिक्रिया