होटल र उद्योगहरु बन्द गर्छौः ट्रेड युनियन

majdur-diwas-1काठमाडौं, ९ चैत । विभिन्न राजनीतिक दल सम्बद्ध मजदुर संगठनका नेताले माग पुरा नभए होटल तथा उद्योगहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
मिडिया इन्टरनेसनलले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले मजदुरका मागप्रति वेवास्ता गरिए जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिए ।
नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष रामदीप आचार्यले मजदुरका माग छाडेर मालिकको नाफाको बहसमा मात्रै आफूहरु सहभागी नहुने बताए ।
‘१० औं वर्षदेखि मजदुरहरुले नियुक्ति पत्र समेत पाएका छैनन्,’ उनले भने, ‘वर्षेनी महंगी बढ्दा समेत मजदुरहरुको तलव वृद्धि हुन सकेको छैन । तोडफोमा उत्रिनु रहर नभएर वाध्यता पनि भएको छ ।’
एमाओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीले सामान्य घटनालाई उद्योग वाणिज्य महासंघले अनावश्यक रुपमा उचालेको आरोप लगाए ।
नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष प्रेमसिंह बोहराले मजदुरका कारण भन्दा पनि सरकारी नीतिका कारण उद्योगहरु बन्द भएको बताए ।
होटल संघका कानूनी सल्लाहाकार गोविन्द पण्डितले मजदुरहरुको कर्तव्यको सीमा भए पनि पछिल्लो घटनाले सीमा तोडेको आरोप लगाए । (फाईल तस्विर)

प्रतिक्रिया