निर्वाचन आयोगमा पदाधिकारी सिफारिस

काठमाडौं : संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त र आयुक्तको नाम नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको परिषद् बैठकले प्रमुख निर्वाचन आयुक्तमा नीलकण्ठ उप्रेती, आयुक्तमा दोलखबहादुर गुरुङ, डा. अयोधीप्रसाद यादव, रामभक्त पिबी ठाकुर र इला शर्मालाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयका प्रमुखको नियुक्तिका विषयमा छलफल भए पनि निर्णयमा पुग्न नसकिएको बताए । चाँडै बैठक बसी ती निकायमा पनि पदाधिकारी नियुक्ति गरिने प्रवक्ता पौडेलले जानकारी दिए । (सौस)

प्रतिक्रिया