निर्वाचनलाई एमाओवादीका दुई समिति

mao officeकाठमाडौं, ७ चैत । एमाओवादीले संविधानसभा निर्वाचन र घोषणा पत्र लेखनसहित दुई वटा समिति गठन गरेको छ । संविधानसभा निर्वाचन मंसिरको पहिलो साता गर्ने तयारी भईरहदा एमाओवादीले चुनावलाई ध्यानमा राखेर दुई समिति बनाएको हो ।
कोटेश्वरस्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति बैठकले उम्मेदवार छनौंट गर्न महासचिव पोष्टबहादुर बोगटीको नेतृत्वमा नौं सदस्सीय ‘उम्मेदवार निर्धारण समिति’ गठन गरेको एमाओवादीले जनाएको छ ।
समितिमा वर्षमान पुन, लीलामणि पोखरेल, गिरिजाजमणि पोखरेल, शक्ति बस्नेत, देवेन्द्र पौडेल, हिसिला यमी, हरिबोल गजुरेल र प्रभू शाह छन् ।
सोही समितिको सुझाव अनुसार संविधानसभाको दोस्रो निर्वाचनमा उम्मेदवार घोषणा गरिने एमाओवादीले जनाएको छ । बैठकले उपाध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा घोषणापत्र लेखन समिति पनि गठन गरेको छ । समितिमा कृष्णबहादुर महरा, लेखराज भट्ट, गोपाल किराती, विश्वभक्त दुलाल, विश्वनाथ साह, डिल्लीराज खनाल, शशि श्रेष्ठ र धर्मदत्त देवकोटा छन् ।

प्रतिक्रिया