संगीतकार चौधरी सम्मानित

दाङ : लोक, आधुनिक र चलचित्र संगीतमा पृथक पहिचान बनाउन सफल संगीतकार विकास चौधरी सम्मानित भएका छन् । नेपाली सुगम संगीतको क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै संगीतकार चौधरीलाई हालै थारू कल्याणकारीणी सभा दाङले पाँचहजार नगदका साथमा कदरपत्रले सम्मान गरेको हो । थारु समुदायको राष्ट्रिय गीतमासमेत संगीत भरेका चौधरीले नेपाली सुगम, चलचित्र र अन्यमा गरी सयौँ गीतहरूमा संगीत भरेका छन् । (सौस)

प्रतिक्रिया