असारमै चुनाव हुनुपर्ने

नवलपरासी : कांग्रेस केन्द्रीय सदस्य डा. सशांक कोइरालाले संविधानसभाको चुनावबाट संविधान निर्माण गर्नु मात्रै निकासको विकल्प रहेको बताएका छन् ।

नवलपरासी शिवमन्दिरमा आयोजित श्रद्वाञ्जली सभामा नेता डा. कोइरालाले असारमा कुनै पनि हालतमा चुनाव हुनुपर्ने बताए । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको विकल्प सडक संघर्ष वा सहमति भएकाले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष स्वीकार्न कांग्रेस बाध्य भएको उनले बताए । अर्का केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले रेग्मी उच्च ओहदामा पुगिसकेकाले प्रधानन्यायाधीश पद सहर्ष छोड्नुपर्ने धारणा व्यक्त गरे । रेग्मीले प्रधानन्यायाधीश पद त्यागे मात्रै चुनाव स्वतन्त्र र निष्पक्ष हुने श्रेष्ठको तर्क थियो ।

प्रतिक्रिया