गृहमन्त्री घिमिरे प्रहरी मुख्यालयमा

Madhab-Ghimireकाठमाडौं, ६ चैत । गृहमन्त्री तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको निरीक्षण गरेका छन् ।
मुख्यालय पुगेका घिमिरेले प्रहरीलाई मुलुकको शान्ति सुरक्षा र आफ्नो दीर्घकालीन योजनामा ध्यान दिन निर्देशन दिए । उनले प्रहरीले जनतालाई सेवा दिन अल्पकालीन र दीर्घकाली योजना बनाउनु पर्ने पनि बताए ।
महानिरीक्षक कुवेरसिंह रानाले गृहमन्त्री घिमिरेको स्वागत गरेका थिए । कार्यक्रममा गृह मन्त्रालयका साथै प्रहरी उच्च अधिकारीहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया