रेग्मीलाई न्यायालयको काममा अवरोध

Sarbochhaकाठमाडौं, ५ चैत । सर्वोच्च अदालतले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष समेत रहेका खिलराज रेग्मीलाई प्रधानन्यायाधीशका रुपमा काम नगर्न नगराउन आदेश दिएको छ ।
मन्त्रिपरिषदको नेतृत्व दिन नहुँने भन्दै रेग्मी विरुद्ध परेको रिटमा आज सुनुवाई गर्ने क्रममा सर्वोच्चले प्रधानन्यायाधीश पद नै निष्किय बनाउने आदेश जारी गरेको हो । रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्षका रुपमा काम गर्न भने बाटो खुलेको छ ।
सर्वोच्चका न्यायाधीश गिरिसचन्द्र लालको एकल ईजलासले रेग्मी अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष रहँदासम्म प्रधानन्यायाधीशका रुपमा कुनैपनि काम वा निर्णय गर्न नपाउने आदेश दिएको हो ।
यद्यपि रेग्मीले सर्वोच्च अदालतमा आएर न्यायिक कार्यमा दखल दिन पाउने छैनन् । आदेशमा रेग्मी अन्तरिम मन्त्रिपरिषदबाट हटे पछि प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्कने हुँन वा होइनन् त्यस विषयमा स्पष्ट केही भनिएको छैन ।

प्रतिक्रिया