सुवेदीको पहिलो उनी छायांकनमा

Khusbu-Khadkaकाठमाडौं : सानो पर्दाका केही टेलिचलचित्र निर्देशन गरेर चर्चा कमाएका नीरज सुवेदीले ठूलो पर्दामा पाइला बढाएका छन् । चलचित्र ‘उनी’ मार्फत उनले ठूलो पर्दाको निर्देशनमा पाइला बढाएका हुन् । हाल उपत्यकाका विभिन्न स्थानमा चलचित्र छायांकन भइरहेको छ ।
नारीका मुद्दालाई विषयवस्तु बनाइएको चलचित्र ‘उनी’ नारीप्रधान चलचित्र रहेको निर्देशक सुवेदीले जानकारी गराए । ‘अन्धविश्वासका कारण सत्ता र शक्तिको आडमा महिलालाई दिइने यातानाविरुद्ध महिलाले नै आवाज उठाएको विषयवस्तुलाई हामीले चलचित्रको कथा बनाएका छौँ,’ निर्देशक सुवेदीले भने, यो चलचित्रको विषयवस्तु सत्यघटनामा आधारित छ ।’
निर्देशक सुवेदीकै लेखन तथा निर्देशन रहेको यस चलचित्रमा खुस्बु खड्का, आशा खड्का, संगीता मोक्तान, शिशिर राणा, समन्त आचार्य, नरेश खनाल, लक्ष्मी केसी, शोभित बस्नेतलगायत कलाकारको अभिनय रहनेछ । नरेश खनाल, गोपाल थापा र राजन थापाले संयुक्त लगानीमा निर्माण गर्न लागेको यस चलचित्रका छायाकार यम आले हुन् ।
नेपाल टेलिभिजनको टेलिशृंखला झ्याइँकुटी झ्याइँमा गोविन्द बाजेको भूमिका निर्वाह गरेर चर्चा कमाएका सुवेदीले सानो पर्दाका दृष्टि, अमिलो पीरोलगायत आधादर्जन हाराहारीका शृंखला निर्देशन गरेका छन् । सुवेदी हाल हास्यशृंखला ‘तीतो सत्य’मा खिलराज रेग्मीको भूमिकामा देखिएका छन् । चलचित्रको छायांकन शुक्रबारबाट थालिएको हो । (सौस)

प्रतिक्रिया