काठमाडौं : देशको अग्रणी मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सामसुङ मोवाइल सेटका आधिकारिक वितरकसँग सहकार्य गर्दै सामसुङका निश्चित मोवाइल सेटको खरिदमा एनसेलको डेटा सेवा प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।
४ चैत देखि लागू हुने ‘एनसेल छ यसमा’ योजनामा ग्राहकले सामसुङको कुनै पनि आधिकारिक पसलबाट सामसुङ ग्यालेक्सी ग्रान्ड मोवाइल सेट खरिद गर्दा एनसेलको पाँच सय एमबी बराबरको इन्टरनेट भौचर कुपन प्राप्त गर्नेछन् । यसरी प्राप्त भौचरलाई एनसेलको सिम भएका ग्राहकले सिधै एसएमएस, आइभिआर वा युसयसडीबाट क्रियाशील गरी इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् ।
एनसेलको सिम नभएका ग्राहकले पनि उक्त भौचर लगि कुनै पनि एनसेल सेन्टरबाट सजिलो ट्यारिफअन्तर्गतको एउटा सिमकार्ड र त्यसमै पाँच सय एमबीको इन्टरनेट प्याकेज नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।
‘यो एनसेलको सामसुङ ग्यालेक्सी ग्रान्ड क्रेतालाई विशेष योजना हो । जसले उनीहरूलाई एनसेलको उच्च गुणस्तरीय इन्टरनेट सेवाको अनुभव गराउनेछ’ एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशका सन्जु कोइरालाले बताइन् । मोवाइल इन्टरनेटको गुणस्तरीय सेवा अनुभूतिमा सेटको पनि महत्त्वपूर्ण भूमिका रहने हुँदा अन्य स्मार्ट फोनमा पनि यस्ता योजना ल्याउने कम्पनीले जनाएको छ । सामसुङ ग्यालेक्सी ग्रान्डको खरिदमा प्राप्त भौचरलाई ग्राहकले योजना सुरु भएको दिनबाट ९० दिन भित्र प्रयोग गरिसक्नुपर्नेछ । इन्टरनेट भौचर स्टक रहुन्जेल प्रदान गरिनेछ ।
प्रतिक्रिया