५० वर्षीया महिला बुहारीका दाइसँग टाप

उदयपुर, ५ चैत । त्रियुगा नगरपालिका–१ बोक्सेकी एक महिला ४८ वर्षीय श्रीमान् छाडेर आफ्नै जेठी बुहारीका दाजुसँग भागेकी छन् । दुई छोरा र दुई छोरीका आमा ५० वर्षीया डम्बर हीरा मगर (राई) हाडिया–७ इकराहाका १८ वर्षीय धु्रव बस्नेतसँग भागेकी हुन् ।

हीरा ५ लाख ५० हजार रुपियाँ बराबरको सम्पत्ति पनि लिएर गएको उनका श्रीमान् अम्बरबहादुर मगरले बताए । उनले ७ तोला सुन, करिब १ लाख ७९ हजार नगद र अन्य धनमाल लगेको बताइएको छ । ‘ऊ जाँदा मलाई केही चिन्ता छैन तर मेरो सबै सम्पत्ति फिर्ता गर्नुपर्छ,’ अम्बरले भने ।
उनी जेठी बुहारीका दाजु धु्रवसँग शनिबार भागेकी हुन् । उनीहरू कहाँ गए भन्ने पत्तो नपाएको अम्बरले बताए ।

प्रतिक्रिया