‘कहिल्यै नफुट्ने गरि एक हुँदैछौं ’

pasupati samsher ranaकाठमाडौं, ३ चैत । बिभाजन भएको लामो समयपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता हुने भएको छ ।
संविधान सभाको दोश्रो निर्वाचनको तयारी भईरहेका बेला राप्रपा र राजपाको संयुक्त एकताको महाधिवेशन चैत २३ देखि २६ गतेसम्म काठमाडौं हुने भएको छ । महाधिवेशनका बारेमा जानकारी दिन काठमाडौं आयोजित संयुक्त पत्रकार सम्मेलनमा जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले देश अधिनायकवादीहरुको दलदलमा फस्दै गएकाले लोकतन्त्रवादीहरुको मोर्चाबन्दी आवश्यक रहेको बताए ।
राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले दुई पार्टीबीचको एकताले लोकतन्त्र बलियो हुने दावी गरे । उनले गणतन्त्र र संघीयताबाट देशपछाडी हट्न नसक्ने उल्लेख गरे । प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार गठनप्रति दुबै दलका अध्यक्षले आपत्ती जनाएपनि निर्वाचनमा सहभागि जाने स्पष्ट पारे ।
महाधिवेशनपछि पार्टी मजबुत र एकीकृत हुने दावी गर्दै दुबै अध्यक्षले भने, ‘अब हामी कहिल्यै नफुट्ने गरि एक हुँदैछौं’
वि.सं. २०६१ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री बनेका बेला राणाले विरोध जनाउँदै सडक आन्दोलनमा उत्रिएपछि पार्टी विभाजित भएको थियो ।

प्रतिक्रिया