स्वागत तथा बधाई आउने क्रम जारी

ban ki moonकाठमाडौं, २ चैत । देशभित्र विभिन्न राजनीतिक दल तथा कानुन व्यबसायीको चर्को आलोचना खेपिरहेको नवगठित अन्तरीम चुनावी मन्त्रीपरिषद्लाई अन्तर्राष्ट्रिय समुदायबाट बधाई तथा स्वागत आउने क्रम जारी छ ।

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मूनले लामो राजनीतिक गतिरोधको अन्त्य गर्दै गठित अन्तरिम चुनावी परिषद्को स्वागत गरेका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताद्धारा जारी विज्ञप्तीमा नवगठित मन्त्रिपरिषद्लाई संविधान सभाको आगामी निर्वाचनको लागि वातावरण बनाउन आग्रह गरिएको छ । नेपालको शान्ति प्रक्रियामा राष्ट्र संघले सदैब सहयोग गर्ने  विज्ञप्तीमार्फत प्रतिवद्धता व्यक्त गरेको छ । विज्ञप्तीका अनुसार राष्टसंघका राजनीतिक मामिला सम्बन्धि उपमहासचिव जेफ्री फेल्टम्यान तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । फेल्टम्यान आउँदो मंगलबार देखि बिहिबारसम्मका लागि नेपाल आउन लागेका हुन् ।  सरकार गठन भएकै दिन विहिबार भारत, अमेरीका लगायतका देशहरुले बधाई तथा स्वागत गरिसकेका छन्  ।

प्रतिक्रिया