नेकपा–माओवादीसहित साना दलहरुद्वारा प्रदर्शन

maobadiकाठमाडौं, १ चैत । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनाएको विरोधमा नेकपा–माओवादी नेतृत्वको १८ दलीय गठबन्धनले राजधानी लगायत मुलुक भरि प्रदर्शन गरेको छ ।
प्रदर्शनका कारण मुलुक भरिको जनजीवन कष्टकर बनेको छ । राष्ट्रपति कार्यालय शीतल निवास घेराउ गरेर रेग्मी विरुद्ध विरोध जनाएको गठबन्धनले प्रमुख चार राजनीतिक शक्ति र रेग्मी विरुद्ध नारावाजी समेत गरेको थियो ।
यसैबीच, नेकपा–माओवादीले आकस्मिक रुपमा आह्वान गरेको नेपाल बन्दले पनि मुलुक भरिको जनजीवन प्रभावित बनाएको छ । बन्दका कारण सर्वसाधारणले दिन भरि सास्ती बेहोर्नु परेको थियो ।
यता, आज बसेको १८ दलीय गठबन्धनले भोलि शुक्रबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ । नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा बसेको आकस्मिक बैठकले रेग्मीलाई सरकारको नेतृत्व दिने निर्णयको विरोध समेत गरेको छ ।
गठबन्धनको शुक्रबार दिउसो दुई बजे बस्ने बैठकले रेग्मी नेतृत्वको मन्त्रिपरिषद विरुद्ध आन्दोलन सार्वजनिक गर्ने छ ।

प्रतिक्रिया