बल्खुमा विद्यार्थी नेताहरुको धर्ना

UML 1काठमाडौं, ३० फागुन । अनेरास्ववियुका विद्यार्थी नेताहरुले आफूहरुलाई नेतृत्वले अन्याय गरेको भन्दै एमाले पार्टी कार्यालय बल्खुमा धर्ना दिएका छन् ।
पुरानो कमिटीलाई विघठन गरेर एमाले स्थायी समितिले अध्यक्ष माधव ढुंगेलको नेतृत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरे पछि केही विद्यार्थी नेता रुष्ठ भएका थिए । पार्टीको सो निर्णय खारेज हुनु पर्ने धर्नामा बसेको विद्यार्थीको माग छ ।
पार्टी कार्यालयमा धर्ना बस्नेमा पूर्वउपाध्यक्ष नवीना लामा, लक्ष्मण लम्साल, नवराज पौडेल, कोषाध्यक्ष दीपक पौडेललगायतका नेता तथा कार्यकर्ता छन् ।
धर्नाका क्रममा उनीहरुले आफूहरुको मागसहितको ज्ञापन पत्र अध्यक्ष झलनाथ खनाललाई बुझाएका थिए ।
एमालेले अखिलको अघिल्लो कमिटीमा रहेका कतिपय विद्यार्थी नेता नभएको, कारबाही सिफारिस भएका, दोहोरो जिम्मेवारीमा रहेका, विदेश गएका, निस्कृय रहेकालाई जिम्मेवारीबाट हटाएको थियो ।

प्रतिक्रिया