‘संयन्त्रबिना प्रधान्यायाधीशको नेतृत्व हुँदैन’

barshaman punकाठमाडौं, ३० फागुन । अर्थमन्त्री बर्षामान पुनले दलहरुको भूमिका नरहने अवस्थामा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुन नसक्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री पुनले राजनीतिक दलको भूमिकाविना प्रधानन्यायाधीशले द्धन्द्ध ब्यवस्थापन र निर्वाचन गर्न नसक्ने बताए । उनले राजनीतिक दलहरुको भूमिका नहरने गरी प्रधानन्यायाधीशलाई एक्लै कुनै पनि हालतमा नछाडिने बताए ।
उनले भने, ‘राजनीतिक दलहरुको भूमिका कायम राख्न र राजनीतिक विषयमा समन्यव गरेर निर्वाचनको वातावरण उच्च स्तरीय राजनीतिक संयन्त्र संविधानमै ब्यवस्था हुनु पर्छ ।’
उनले जेठ मसान्त वा असारको पहिलो साता सम्म निर्वाचन सम्पन्न गर्ने गरी प्रधानन्यायाधीशलाई नेतृत्व दिन लागिएको दाबी गरे ।

प्रतिक्रिया