प्रमोदले नचाए, शिशिरले झुमाए

Schoolकाठमाडौं : गायक प्रमोद खरेलले विद्यार्थी नचाएका छन् । चाबहिल चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीले वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा मंगलबार विद्यालय प्रांगणमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनले विद्यार्थी नचाएका हुन् ।
गायक प्रमोदले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेको कार्यक्रममा शिशिर योगी तथा हास्यकलाकार महादेव त्रिपाठीले उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराए ।
प्रमोदले आफ्नो चचिर्त गीत ‘मविना कसैकसैलाई मुस्किल छ पोखरामा’ गाउँदा उपस्थित अभिभावक तथा विद्यार्थीसँगै नाचेका थिए भने गायक शिशिरका हरेक गीतमा ‘वान्स मोर वान्स मोर’को हुटिङ आएको थियो । कार्यक्रममा त्रिपाठीले आफ्ना जादु तथा हास्य खुराकबाट सबैलाई चकित पारेका थिए । (सौस)

प्रतिक्रिया