‘निर्दलीय व्यवस्थाका लागि प्रधानन्यायधिश’

Upendra yadavकाठमाडौं, २९ फागुन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार चार ठूला राजनीतिक दलहरुको अकर्मण्यता मात्रै रहेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष यादवले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रमुख दलहरुको निर्णयले मुलुकमा स्वइच्छाचारिताको जन्म हुने बताए । उनले संघीय गणतन्त्रलाई समाप्त बनाउन प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन लागेको उल्लेख गरे ।
‘राजतन्त्रमा मात्रै दुवै शक्ति एउटै व्यक्तिमा हुन्छ,’ उनले भने, ‘लोकतन्त्र र गणतन्त्रमा एउटै व्यक्तिमा सबै अधिकार हुँदैन ।’

प्रतिक्रिया