काठमाडौं, २९ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ४ ठूला दलले शक्ति केन्द्रीकरण गरेर मुलुकमा निर्दलीय व्यवस्था लाद्न खोजेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष केसीले ४ दलले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर न्यायपालिका ध्वस्त पार्न खोजेको आरोप लगाए । ‘प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने कुरा नालायक हो हो,’ उनले भने, ‘प्रधानन्यायाधीश प्रधानमन्त्री बनाउने कुरा ४ दलको नाटक हो ।’
नेकपा–माओवादीका नेता सुरेश आले मगरले सविंधान सभाको अवसान हुनुमा प्रधानन्यायाधीश कारक तत्व भएको बताएका छन् । उनले प्रधानन्यायाधीशलाई प्रधामन्त्री बनाउनै नमिल्ने बताए ।
प्रतिक्रिया