कपिल र दिलीप सेमिफाइनलमा

taekwondoकाठमाडौं : आयोजक ब्वाइज युनियन तेक्वान्दो डोजाङ ‘ए’ का कपिल थापा, गैरीगाउँका दिलीप र सीतापाइलाका विशाल शिवाकोटी पुरुष ३३ केजी तौलसमूहमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरमा भएको प्रतियोगिताको ४० केजीमा ढल्कुका संगम तामाङ, आयोजक ‘बी’ का प्रवीण तामाङ, हिमालयनका सागर मगर तथा सीतापाइलाका सरमुलाबाबु मियाले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरे ।
प्रतियोगिताको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य गणेश लामाले उद्घाटन गरेका थिए । प्रतियोगितामा १९ टिमका ३ सय ४ खेलाडीले १९ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताका संयोजक राजेन्द्र खत्रीले जनाएका छन् । प्रतियोगिता मंगलबारसम्म चल्नेछ । (सौस)

प्रतिक्रिया