मेरो ओठ सेक्सी छ

Sabina-Karkiकाठमाडौं : ‘दुलही रानी’बाट चलचित्र अभिनयमा प्रवेश गरेकी सविना कार्कीको कलायात्रा त्यति लामो होइन तर पनि यस क्षेत्रमा उनको बेग्लै पहिचान छ । पछिल्लो समय एटिएम, द फेमसलगायत दर्जनका हाराहारी चलचित्रमा अभिनय गरेकी कार्की एटिएमका कारणले केही समय बिबादमा पनि तानिएकी थिइन् । समय सँगै त्यो बिबाद पनि त्यतिकै सेलायो । सानैदेखिको लगाव र चाहनाले अभिनयमा प्रवेश गरेकी कार्की चलचित्र क्षेत्रमा प्रतिभा भए पनि प्रवेश गर्न गाह्रो भएको बताउँछिन् । भन्छिन्, ‘चलचित्र क्षेत्रमा फाइदा लुट्नेहरू धेरै भएकाले प्रतिभा भए पनि यसमा प्रवेश गर्न गाह्रो छ ।

स्मार्ट, मनको सफा, हेर्दा पनि ह्यान्डस, लामो कपाल भएको केटा आफूलाई आकर्षक लाग्ने बताउने कार्कीको कलाकारिताले एउटा रहर खोसेको छ । त्यो हो आर्मी हुने । ‘परिवारका सबै सदश्य आर्मीमा भएकाले आफूले पनि कलाक्षेत्रमा आउनुपूर्व आर्मीमा जाने सोच बनाएकी थिएँ,’ कार्कीले विगतका सोच सुनाइन् । कलायात्रामा लागेरपछि सधैँ सुपरस्टार भएको सपना देख्ने गरेकी उनी सपनामा रोमान्टिक र चुम्बनका दृश्यहरू सधैँ देख्ने गरेकी छन् । ती दृश्यमा उनलाई साथ दिने युवक रहने बताउने कार्की ती युवक परिचित वा अपरिचित भन्ने उनले खुलाउन चाहिनन् ।
कलाकारितामा लागेर अहिलेसम्म धेरै प्रकारको भूमिका निर्वाह गरसिकेकी कार्कीमा अझै बोक्सीको आरोप लागेकी महिला र पागलको भूमिकामा अभिनय गर्ने चाहना छ । बलिउड अभिनेता साहिद कपुरको ओठ आफूलाई सबैभन्दा सेक्सी लाग्ने बताउने उनी आफ्नो शरीरको सबैभन्दा सेक्सी अंग ओठलाई नै मान्छिन् । ‘आफ्नो ओठ सारै सेक्सी लाग्छ । केटाहरू पनि मेरो ओठ सेक्सी छ भन्छन्,’ उनले कारण खुलाइन् । ग्ल्यामरका बारेमा खुलेर कुरा गर्न चाहने यी अभिनेत्रीको सेक्स अनुभव पनि त होला नि ? ‘अहिलेसम्म सेक्स गरेकी छैन’ उनले भनिन्, ‘सेक्स विवाहपछाडिलाई भनेर साँचेर राखेकी छु । पछिल्लो समय चलचित्रमा बेडसिन अनिवार्य जस्तै बनेको समयमा यी अभिनेत्रीको पनि यस्ता सिनप्रति नकारात्मक धारण भने रहेका छैनन् । ‘कथाले मागेको छ भने बेडसिन पनि दिनुपर्छ,’ उनले भनिन्, ‘चलचित्रमा आवश्यक परे म जस्तो पनि बेडसिन दिन तयार छु । चाहे त्यो टु पिसमै किन नहोस् ।’ (सौस)

प्रतिक्रिया