काठमाडौं, २८ फागुन । काठमाडौको महांकाल गाविसमा गोल्फुटारमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् ।
६५ बर्षीया आमा चैनी सुब्बा र उनकी ३५ बर्षीय छोरी अनु सब्बा आफ्नै घरमा मृत अबस्थामा फेला परेका हुन् । उनीहरुको मृत्युका विषयमा अनुसन्धान जारी रहेको भन्दै प्रहरीले केही जनाएको छैन ।
आमा शौचालयमा झुन्डिएको र छोरी शयन कक्षको भुईमा पल्टिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
संखुवासभा स्थायी ठेगाना भएका उनीहरु १२ बर्षदेखि गोल्फुटारमा घर बनाई बस्दै आएका थिए ।
पाहुना बस्न गएकी भतीजी मिलन लिम्बुले आमाछोरी मृत अवस्थामा फेला परेको खबर छिमेकीलाई दिएकी हुन् ।
छोरी अनुले यसअघि पनि आत्महत्याको प्रयास गरेको छिमेकीले दावी गरेका छन् । उनको मानसिक अवस्था असन्तुलित देखिएको छिमेकीहरुको भनाई छ ।
चैनीका पति र छोराहरु बैदेशिक रोजगारीमा गएका छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी भनाई छ ।
प्रतिक्रिया