इलाममा एसएलसीका ३० केन्द्र

Ilamइलाम, २८ फागुन । चैत–१ बाट सुरु हुने यस वर्षको प्रवेशिका परीक्षाका लागि इलाममा ३० परीक्षा केन्द्र निर्धारण गरिएका छन् ।
परीक्षाका लागि ३० वटा परीक्षा केन्द्रका लागि कुल आठ सय २२ जनशक्ति परिचालन हुने शिक्षा जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ ।
इलामबाट परीक्षामा सहभागी हुने कुल सात हजार छ सय ५९ विद्यार्थीका लागि ३० परीक्षा केन्द्र, ३० केन्द्राध्यक्ष, ३६ सहायक केन्द्राध्यक्ष तीन सय छ निरीक्षक र ९६ सहयोगीसहित आठसय २२ जनशक्ति परिचालन गरिने परीक्षा शाखाका निर्मल ढुङ्गलले जानकारी दिए ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन इलाममा यस वर्षपनि विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) बाट परीक्षा दिन नपाउने व्यवस्था राखिएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताए ।
इलाम जिल्लामा रहेका परीक्षा केन्द्र
१. वौद्धधाम उमावि, पशुपतिनगर
२. हिमालयन उमावि, गोर्खे
३. अमर कल्याण उमावि, नयाँ वजार
४. शान्तिनिकेतन उमावि, कोल्वुङ
५. कृष्णश्रम उमावि, कन्याम
६. फिक्कल उमावि, फिक्कल
७. वीरेन्द्र मावि, पञ्चकन्या
८. करफोक उमावि, पञ्चकन्या (क)
९. करफोक उमावि, पञ्चकन्या (ख)
१०. कन्काई उमावि, दानावारी
११. लक्ष्मी आर्दश मावि, महमाई
१२. सरस्वती मावि, लक्ष्मीपूर
१३. जनता उमावि, चुलाचुली (क)
१४. जनता उमावि, चुलाचुली (ख)
१५. महेन्द्रोदय उमावि, गजुरमूखी
१६. सिहंदेवी उमावि, आमचोक
१७. राष्ट्रिय उमावि, फाकफोक
१८. सिहंदेवी उमावि, एकतप्पा
१९. नेपालटार उमावि, साँखेजुङ
२०. भानुभक्त उमावि, मंगलवारे
२१. सूर्योदय शिक्षा सदन, मंगलवारे
२२. जीतपूर उमावि, जीतपूर
२३. खान्दु्रङ उमावि, सिद्धिथुम्का
२४. आदर्श उमावि, इलाम नगरपालिका
२५. भगवती उमावि, इलाम नगरपालिका
२६. इलाम विद्या मन्दिर, इलाम नगरपालिका
२७. अमर उमावि, वरवोटे
२८. सरस्वती उमावि, सुलुवुङ
२९. भानु मावि, चुलाचुली
३०. चिसापानी उमावि, बाँझो

प्रतिक्रिया