मच्छिन्द्रको खराब प्रदर्शन जारी

league-photo

काठमाडौं, २८ फागुन । सिंगल चरणको अन्तिम केही खेलमा खराब प्रदर्शन गर्नुअघि उपाधि दावेदारका रूपमा आफूलाई प्रस्तुत गरेको मच्छिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगको सुपर एट चरणमा पहिलो खेलमा पराजित भएको छ ।

शीर्ष दुई टोली थ्री–स्टार र नेपाल आर्मीको पराजय पछि तेस्रो स्थानमा रहेको मच्छिन्द्र आइतबार एनआरटीविरुद्ध भिड्नेक्रममा १–० ले निराश भयो । विजयी एनआरटी भने दोस्रो स्थानमा उक्लिएको छ ।
नेपाल पुलिस र फ्रेन्ड्सले सानदार यात्रा थालेको सुपर एटमा उनीहरूको सूचिमा एनआरटी पनि जोडिएको हो । विजयी टोलीका लागि कप्तान लक्ष्मण रुचाल नायक बने । रुचालले ३९औँ मिनेटमा सहजै गोल गरेका थिए । विदेशी खेलाडीको साथमा उत्कृष्ट प्रदर्शन गरेको एनआरटी मच्छिन्दं्रको कमजोर फिनिसिङपछि निकै लक्की सावित भयो ।
खेलमा पहिलो अवसर एनआरटीले सिर्जना गरेको थियो । १३औँ मिनेटमा सुवास गुरुङ ‘बि’ले २५ यार्डबाट गरेको सशक्त प्रहार मच्छिन्द्रका गोलकिपर दिनेश थापाले कठिनरूपमा क्लियर गर्दा एनआरटी सुरुआतमै अगं्रता लिनबाट विफल भएको थियो । २७आँै मिनेटमा असिमजंग कार्कीले एनआरटीका लागि राम्रो अवसर खेर फाले । पहिलो हाफको इन्जुरी समयमा एनआरटीले राम्रो अवसर सिर्जना गरेर मच्छिन्द्रलाई लगातार दबाव दिनेक्रम जारी राखेको थियो । दोस्रो हाफमा मच्छिन्द्रले खेलमा फर्कने अवसर पाए पनि स्ट्राइकर कर्ण लिम्बूको फिनिसिङ कमजोर रह्यो ।
५६औँ मिनेटमा कर्णले डिफेन्डरलाई समेत बिट गरी गरेको फ्लिक बारको नजिकैबाट बाहिरिएको थियो । ६४औँ मिनेटमा कर्णले अर्को अवसर पाए पनि ‘टाइमिङ’ ढिलो हुँदा मच्छिन्द्रले खेललाई बराबरीमा ल्याउने मौका गुमाएको थियो । खेलको अन्तिम समयमा मच्छिन्द्रले अन्तिम अवसरका रूपमा ‘डी’बक्सको नजिकैबाट फ्रीकिकको अवसर पाएको थियो तर विसाल राई ‘बि’ले गरेको प्रहार फ्रेममा समेत पर्न सकेन ।
सिंगल राउन्डको केही खेल बाँकीछँदासम्म शीर्षस्थानमा दावेदारी गरिरहेको मच्छिन्द,्र हिमालयन शेर्पा र सरस्वती क्लबविरुद्धको हार तथा केही खेलको बराबरीपछि उपाधि सम्भावनामा कमजोर हँुदै गएको थियो । यस जितपछि एनआरटी २९ अंक जोड्दै दोस्रो स्थानमा पुगेको हो । फ्रेन्ड्स क्लबसँग समान अंक भए पनि हेड टु हेडका आधारमा एनआरटी अगाडि रहेको हो । शीर्षस्थानमा रहेको थ्री–स्टारको ३५ अंक रहेको छ । एनआरटीको जितले थ्री–स्टारले ६ अंकको अग्रता कायमै राखेको हो । सुपर एटको पहिलो खेलमा नेपाल पुलिसद्वारा पराजित भएपछि डगमगाउन पुगेको थ्र–स्टार नेपाल आर्मीले फ्रेन्ड्सविरुद्ध हार बेहोरेपछि केही राहत महसुस गर्न सफल भएको थियो ।

प्रतिक्रिया