कुमाले पेसा संकटमा

खजुरा : आधुनिकताको विकाससँगै सस्तो मूल्यमा प्लास्टिक तथा अन्य धातुका भाँडाकुँडा बजारमा पाउन थालेपछि बाँके जिल्लाका कुमाले जातिको पेसा संकटमा परेको छ । अहिले माटोको भाँडाको बिक्री दिनदिनै घट्दै गएपछि सो पेसाबाट घरपरिवार चलाउन गाह्रो भएको कुमालेहरूले बताएका छन् ।
नेपालगन्ज नगरपालिका–६, ७, १०, ११ र १४ तथा १५ मा बसोबास गरी माटोको भाँडा बनाउने कुमाले जातिको परम्परागत पेसा अहिले संकटमा परेको हो । पेसा नै संकटमा परेपछि उनीहरूमध्ये अधिकांशले भारतमा ज्याला मजदुरी गरेर त्यहीँबाट कमाएको आम्दानीबाट घरव्यवहार चलाउने गरेका छन् भने केहीले नेपालगन्जमै अरू पेसा गरेर जीविका चलाउने गरेका छन् ।
आर्थिक समस्याका कारण समयमा पढ्न नपाएको र दु:ख गरेर बनाएको माटोको भाँडाबाट मेहनतअनुसारको ज्याला नपाइने भएकाले आफूले भारतमा गई कमाइ गर्ने गरेको नेपालगन्जका देवीराम कुमालले बताए ।
यसरी माटाका भाँडा बनाउने काममा संलग्न करिब एक सय घरधुरीको संख्यामा रहेका नेपालगन्जका कुमाले जातिका घरपरिवार भूमिहीन अवस्थामा पनि रहेका छन् । (सौस)

प्रतिक्रिया