जुम्लामा सरसफाइ अभियान

जुम्ला : फोहरलाई मोहरमा बदल्न जुम्लामा सरसफाइ अभियानलाई तीव्रता दिइने भएको छ । जुम्ला जिल्लाको सरसफाइ रणनीति योजना ००९/०१७ को मर्मअनुसार सर्वदलीय तथा सर्वपक्षीय साझा प्रतिबद्धतापछि सरसफाइ अभियानलाई तीव्र पार्न लागिएको हो ।
जिल्लाका १५ गाविस खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने बाँकी १५ गाविसलाई चाँडै खुला दिसामुक्त क्षेत्र घोषणा गर्न ०७० साललाई सरसफाइ वर्षका रूपमा समेत मनाइने भएको छ । त्यसैगरी, जिल्लाको फोहरलाई उचित व्यवस्थापनका साथ ऊर्जामा परिणत गरी आयआर्जन बढाउन सकिने गैरसरकारी संस्था महासंघका अध्यक्ष दुर्गा पाण्डेको भनाइ छ ।
एसएनभी नेपालका गोविन्द रोकाया सरसफाइ अभावमा अधिकांश व्यक्ति झाडापखालाबाट प्रभावित हुनुपरेकाले यस्तो प्रभावबाट सुरक्षित हुन व्यवहारमा परिवर्तका साथै सरसफाइबारे सबैमा साझा बुझाइ स्थापित हुनुपर्ने बताउँछन् ।

प्रतिक्रिया