काठमाडौं : डकुमेन्ट्री चलचित्र ‘हु विल बी अ गोर्खा’ (को बन्छ गोर्खा) आगामि शुक्रबार अर्थात चैत्र २ गते प्रदर्शनमा आउने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले सो जानकारी गराएको हो । पोखरास्थित ब्रृटिस गोर्खा क्याम्पमा हुने छनोट प्रक्रियालाई विषयवस्तु बनाएर तयार गरिएको उक्त डकुमेन्ट्रीका निर्देशक केसाङ छेतेन रहेका छन् ।
धेरैजसो निर्माता निर्देशकले डकुमेन्ट्रीलाई सिनेमा भवनबाट सार्वजनिक प्रदर्शनमा ल्याउने गरेका छैनन् । तर, यसलाई हामीले दर्शकका लागि उपयुक्त हुने देखेर प्रदर्शनमा ल्याउन लागेका हौँ ,निर्देशक छेतेनले भने । चलचित्र प्रदर्शन हुने सिनेमा भवनमा डकुमेन्ट्री कमै मात्र प्रदर्शन हुने गरेका छन् । तर, अचेल प्रतिदिन यो क्रम बढ्दो छ । राष्टिय तथा अन्तराष्टिय विभिन्न महोत्सवमा सहभागितासमेत जनाउँदै आएको चलचित्रले उक्त सहभागिता जनाएको महोत्सव मध्ये केहीमा अवार्ड पनि हात पारेको छ ।
शून्यता फिल्म्स् प्रोडक्सन र गोङ्गजु फिल्म्स्को संयुक्त निर्माणमा तयार भएको डकुमेन्ट्री ‘हु विल बी अ गोर्खा’ को पोस्ट प्रोडक्सन नर्वेमा गरिएको छ । पछिल्लो समयमा दर्शकहरूले डकुमेन्ट्री चलचित्र तिर पनि ध्यान दिन थालेका छन् । निर्देशक छेतेनल भने डकुमेन्ट्रीलाई सामान्य गम्भीर र पट्यारलाग्दो फिल्मका रूपमा हेर्ने चनल छ । तर, यस चलचित्रले दर्शकलाई पट्यार लाग्दैन ।
निर्माण युनिटले जानकारी गराए अनुसार चलचित्र राजधानीको क्युएफएक्स, एफक्युब तथा पोखरा, बुटवल, धरान र दमकमा रिलिज हुने भएको छ । सन्डान्स इन्स्टिच्युट, इन्टरनेसनल फिल्म फेस्टिभल अफ अम्स्टरडम र बुसान इन्टरनेसनल फिल्म फेस्टिभलबाट आर्थिक सहयोग पाउन सफल यस चलचित्रको वितरण डिजिटल सिनेमा नेपाल रहेको छ । (सौस)
प्रतिक्रिया