पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पक्राउ

काठमाडौं, २६ फागुन । पेट्रोलियम पदार्थको हाहाकार भईरहेका बेला काठमाडौंमा डिजेल र पेट्रोलको कालोबजारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१६ बालाजुमा डिजेल, पेट्रोलको कालोबजारीमा संलग्न ३८ वर्षीय दुर्गा बहादुर श्रेष्ठ र ३३ वर्षीय साने तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुका साथबाट प्रहरीले ३० लिटर डिजल सहितको प्लाष्टिकको ड्रम १५ थान र नगद २० हजार ८ सय रुपियाँ समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया