सुमेरुको नि:शुल्क स्वास्थ्यशिविर

Sumeru-City-Hospitalकाठमाडौ: सुमेरु सिटी अस्पताल र सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको सहयोगमा बिहीबारदेखि तीन दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सहभागी मध्ये सबैभन्दा वयोवृद्धको उपचार गदै शिविरको उद्घाटन गरिएको थियो ।
अत्याधुनिक भौतिक पूर्वाधार र सुिवधाले सम्पन्न तीन सय श×य्या क्षमता रहेकोमा हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय शय्याको स्वीकृत दिए पछि अस्पतालले सेवा सुरु गरेको हो । शिविरमा सुमेरु अस्पताल धापाखेलद्वारा आयोजित पाँच दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविरमा झै नि:शुल्क औषधि तथा ल्याब परीक्षण, एक्सरे, अल्ट्रासाउन्ड, इसिजीलगाायत अन्य सेवा पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराएको छ ।
शिविरमा बाल रोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, दन्त रोग, नाक, कान, घाँटी आँखा, छाला, मुटु, नसा, छाती, पिसाब तथा युरोलोजी, पित्त थैलीको पत्थरी, मिर्गाैला, जनरल मेडिकल, उच्च रक्तचाप तथा मधुमेहसम्बन्धी रोगबाट पीडित बिरामीको स्वास्थ्य परीक्षण, परामर्श एवं उपचार गरिएको छ । अस्पतालका अध्यक्ष भरत महर्जनले बताए अनुसार शिविरमा आएका बिरामीको विविध अवस्थालाई मध्यनजर गदै एक सय २५ जनासम्मको नि:शुल्क तथा अन्य बिरामीको सहुलियत तबरबाट उपचार एवं गरिने जानकारी दिए ।
नि:शुल्क स्वास्थ्य शिविरमा पहिलो दिन एक हजार एक सय ७५ जना बिरामीको उपचार गरिएको अस्पतालका प्रबन्ध निर्देशक तथा नि:शुल्क स्वास्थ्य शिविर व्यवस्थापन समितिका संयोजक एचआर दाहालले बताए ।

प्रतिक्रिया