काठमाडौं : नेपाल क्योकुसिन कराते डो संघको आयोजनामा १७औँ पुरुष तथा १०औँ महिला तौलसमूह राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुँदै छ । त्यसमा पाँच विकास क्षेत्रका ४६ खेलाडीले तीन स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजकका महासचिव एवं ब्रान्च चिफ रामजीप्रसाद बज्राचार्यले जनाएका छन् ।
पुरुष खुलामा २४ तथा महिलाको ५५ केजीमुनिमा २२ र खुला तौलसमूहमा १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउनेछन् । चौथोले ३ हजार ५ सय नगद पुरस्कार हात पार्नेछ । महिलाको दुवै स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार, तेस्रोले २ हजार ५ सय र चौथोले १ हजार २ सय ५० रुपियाँ प्राप्त गर्नेछन् । (सौस)
प्रतिक्रिया