क्वालिफाइङ अम्पायर कोर्स सुरु

Aumpairकाठमाडौं : नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) को एसियन क्वालिफाइङ अम्पायर कोर्स तथा अन्तर्राष्ट्रिय तेक्वान्दो सेमिनार बुधबारदेखि सुरु भएको छ ।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका टेक्निकल प्रमुख नवौँ डान ग्रेन मास्टर विलियम डेकेन वोसले सञ्चालन गर्ने सेमिनारको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले उद्घाटन गरे । सो अवसरमा लामाले सेमिनारको सफलताको कामना व्यक्त गर्दै आइटिएफ तेक्वान्दो आन अफिसियल मार्सल आर्टको अग्रपंक्तिमा रहेर उल्लेखनीय प्रगति गरेको बताए । नेकपा
(एमाले) खेलकुद विभाग प्रमुख कर्ण थापाले खेल, कला र संस्कृति सामाजिक दायित्व तथा अनुसाशनको कडी भएकाले राज्यले खेल र खेलाडीको सम्मान गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका टेक्निकल प्रमुख ग्रेन मास्टर विलियम डेकेन वोसले नेपाली खेलाडीहरूमा एसियाकै राम्रो खेल क्षमता भएको बताए ।
सेहन्सा होटलमा सुरु भएको सेमिनारमा भारत तथा जमैकाका परीक्षार्थी सेमिनारमा समेल भएका र जापान तथा हङकङको टोली बिहीबार नेपाल आइपुग्ने आइटिएफका वरिष्ठ उपाध्यक्ष एव कार्यक्रम संयोजक चेतनराज गिरीले बताए । एक सय परीक्षार्थी सहभगी भएको सेमिनारमा पहिलो र दास्रो दिन कलर ब्ल्याक र तेस्रो र चौथो दिन रेफ्री तथा ब्ल्याक वेल्ट टेक्निकल सञ्चालन हुनेछ । रेफ्रीमा भने प्रथम श्रेणीका लाइसेन्स प्राप्त रेफ्री समावेश हुनेछन् । (सौस)

प्रतिक्रिया