रेग्मी आए मुलुकमा तानाशाह सुरु हुन्छ

Shekhar-Koirala-1काठमाडौं, २३ फागुन । कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाए मुलुकमा तानाशाही शासन सुरु हुने दावी गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता कोइरालाले प्रधानन्यायाधीश प्रधानमन्त्री बने कार्यपालिका, न्यायपालिका र ब्यवस्थापकीय अधिकार एउटै ब्यक्तिमा नीहित हुने भएकाले निरकुंशता स्वतः आउने बताए ।
उनले भने, ‘बाबुराम भट्टराई नामको तानाशाह हटाउने नाममा अर्को तानाशाह नजन्माऔं ।’
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले निर्वाचन राजनीतिक विषय भएकाले समाधान पनि राजनीतिक दलले मात्रै दिन सक्ने बताए । उनले प्रधानन्यायाधीशले मुलुकलाई राजनीतिक निकास कदापि दिन नसक्ने दाबी गरे ।

प्रतिक्रिया