सिन्धुलीमा सहयोगीलाई ‘कालो मोसो’

Sindhuli Districtसिन्धुली, २२ फागुन । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ स्थित मनकामना प्राविमा कार्यालय सहयोगीसहित प्रधानाध्यापक र शिक्षकलाई कुटपिट भएको छ ।
कुटपिटबाट कार्की गम्भीर घाइते भएकी छन् । विद्यालय व्यवस्थापन समिति, अभिभावक र प्रधानाध्यापकबीच विवाद भए पछि विद्यायमा असोज–१८ गतेदेखि पठन–पाठन प्रभावित हुँदै आएको छ ।
समस्या समाधानका लागि आज विद्यालयमा सम्वन्धित निकायकाबीच छलफल हुने कार्यक्रम थियो । छलफका लागि विद्यालय पुग्ना साथ गैर शिक्षकहरुको उक्साहटमा अभिभावकहरुले कार्कीलाई कालो मोसो दल्नुका साथै मरणासन्न हुने गरी कुटपिट गरेको प्रत्यक्षदर्शीले जानकारी दिए ।
उनीहरुले प्रधानाध्यापक विनु खड्का र शिक्षक कमला खड्कालाई पनि कुटपिट गरेका छन् । घाईते कार्कीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
स्थानीय सुनिता रानामगर, देविका जर्गा मगर, तेज वहादुर राना, रतन विकलगायतको समूहले विद्यालयका शिक्षकलाई कुटपिट गरेका हुन् । उनीहरु विरुद्ध प्रहरीमा उजुरी समेत परेको छ ।
शिक्षक कुटपिटको जिल्लास्थित विभिन्न संघ÷संगठनले विरोध जनाएका छन् । उनीहरुले दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया