अध्यादेशले संविधान संशोधन हुँदैनः गिरी

Sarita-Giriकाठमाडौं, २२ फागुन । नेपाल सदभावना पार्टी (आनन्दीदेवी)ले राष्ट्रपति डा.रामवरण यादवलाई अध्यादेश मार्फत अन्तरिम संविधान संशोधन गर्ने कुनै अधिकार नरहेको जनाएको छ ।
सदभावना आनन्दीदेवीकी अध्यक्ष सरिता गिरीले आज विज्ञप्ति जारी गरेर राष्ट्रपति डा.यादवलाई संविधान विपरितका त्यस्ता कुनै कार्य नगर्न आग्रह गरेकी छन् । उनले संविधान विपरितका कार्य गरिए त्यसले मुलुकलाई दीर्घकालीन असर पुराउने चेतावनी दिईन् ।
एमाओवादी, कांग्रेस, एमाले, र मधेसी मोर्चाका नेताहरुबीच सहमति भएको भन्ने प्याकेजप्रति असन्तुष्टि जनाउँदै उनले अन्तरिम संविधान विपरित कोही पनि जान नमिल्ने बताएकी छन् ।
‘संविधानले राष्ट्रपति ज्यूलाई अध्यादेश मार्फत संविधान संशोधन गर्न कुनै अधिकार दिएको छैन,’ विज्ञप्तिमा भनिएको छ,’ ‘त्यस्तो कुनै कार्य गरेमा राष्ट्रपति ज्यू पुनः कानूनी र संवैधानिक अप्ठयारामा पर्नु हुने प्रबल सम्भावना छ ।’
अध्यक्ष गिरीले राजनीतिक र संवैधानिक परिस्थितिमा अन्तरिम संविधानको धारा ३८(१) अनुसार सहमतिका आधारमा प्रधानमन्त्री मात्रै नियुक्त गर्न सक्ने बताईन् ।

प्रतिक्रिया