सिरहामा लाठी जुलुस

सिरहा : उपेन्द्र यादव संयोजक रहेको संघीय लोकतान्त्रिक मोर्चाले सोमबार सिरहा सदरमुकाममा लाठी जुलुस गरेको छ । सिरहा सदरमुकामस्थित महावीर चौकबाट निकालिएको जुलुस सदरमुकामको विभिन्न चौक हुँदै थाना चौकमा पुगी कोण सभामा परिणत भएको थियो । जुलुसमा सहभागी मोर्चा आवद्ध हजारौँ नेता तथा कार्यकर्ताले बाँसको भाटा बोकेका थिए ।
वर्तमान सरकारको विघटन गर्नुपर्ने, चुनावी सरकार गठन गर्नुपर्ने, निष्पक्ष चुनावको
ग्यारेन्टी गर्नुपर्ने, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गर्नुपर्ने, सम्पूर्ण मधेसीलाई नागरिकता दिनुपर्नेलगायत माग राखी जुलुस प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया