पारस बोल्न थाले

paras-shahaकाठमाडौं, २२ फागुन । बैंककस्थित समितिवेज अस्पतालमा उपचाररत पूर्वयुवराज पारसको स्वास्थ्यमा सोमबार उलेख्य सुधार भएको आस्पतालले जानकारी दिएको छ । पारसको स्वास्थ्य अवस्थाबारे विज्ञप्ति जारी गर्दै अस्पतालले दिएको जानकारीअनुसार पारसले बोल्न तथा पानी पिउन थालेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बिरामी होसमा आएका छन्, संवाद गर्न थालेका छन् । उनले आज बिहानदेखि आपैँm पानी पिएका छन् ।’ यद्यपि, पारसको दिमाग र नशाको अवस्थाबारे एमआरआईपश्चात् मात्र भन्न सकिने अस्पतालले बताएको छ । स्थितिमा सुधार ल्याउन पारसको फिजियोथेरापीसमेत गर्नुपर्ने उपचारमा संलग्न मुटुरोग विशेषज्ञ मान चान्दाभिमोल र स्नायुरोग विशेषज्ञ सोङचाई चिन्वातान्कुलले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दुई सातादेखि भेन्टिलेटरको सहायतामा श्वासप्रश्वास गरिरहेका पारसलाई चिकित्सकहरूले आइतबारदेखि भेन्टिलेटरविना उपचार सुरु गरेका थिए । शाहको स्वास्थ्यबारे पारिवारिक सदस्यले सोमबार बिहान अस्पताल पुगेर बुझेका थिए । अत्यन्तै गम्भीर अवस्थामा यही ९ फागुन राति ८ बजे त्यहाँस्थित समितिवेज सुखुम्बित अस्पताल भर्ना भएका शाह गत शनिबार दिउँसोबाट सामान्य होसमा आएका थिए । त्यसपछि उनको शरीरको तापक्रम, रक्तचाप र अंगहरूका चाल पनि सामान्य एवं सक्रिय हँुदै गएको छ ।

प्रतिक्रिया